पत्रकार कुटपिट गर्ने व्यापारी पक्राउ

कैलाली, २३ बैशाख । पत्रकार कुटपिट गर्ने ब्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् । दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीविरुद्ध सोमबार मुद्दा चलाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तत्कालीन एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका थापाले धनगढीको त्रिनगर माध्यमिक विद्यालयले भाडामा दिएका सटरको समाचार संकलन गर्न गएका विष्टलाई समाचार संकलन गरिरहेका बेला थापाले कुटपिट गरेका थिए ।रिपोर्टिङ गरिरहेका बेला विष्टलाई विद्यालयका प्रधानाध्यापककको कार्यकक्षमा पुगेर कुटपिट गरेर भागेका थिए । विष्टको अनुहारमा चोट लागेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया