प्रेम प्रकाश र मेलिनाको हल्ला नगर सार्बजनिक

राजन केसी, तुलसीपुर, १४ वैशाख ।
दङगाली गायक प्रेम प्रकाश वलि र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको हल्ला नगर बोलको लोक आधुनिक पप शैलीको गित सार्बजनिक भएको छ । यस गितको रचना डा. बीपी भुसालले गरेका हुन भने गितमा बीबीअनुरागीको संगीत रहेको छ । बिशेष गरेर दर्जनौ आधुनिक गितसंगीत मा आफुलाई स्थापित गरिसकेका वलिको ओखर काचो छ भन्ने गित चर्चामा थियो ।

यस गितको म्युजीक भिडियोमा दिपेन्द्र शाही ठकुरी र करिश्मा ढकालको अभिनय रहेको छ । गितलाई निर्देशन तथा कोरिग्राफी दिपेन्द्र शाही ठकुरीले नै गरेका हुन गीतको छायाँकन अजय रेग्मी र सम्पादन सुरेश राउतले गरेका हुन ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया