कपुरकोटमा फौज मृत फेला

सल्यान, ५ बैशाख । सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ६ खोलिगाउँ निवासि ४३ वर्षिय फौज बहादुर भण्डारी मृत फेला परेका छन् । कपुरकोट ५ रीम स्थीत तिनडाँडामा गएराती साढे १० वजेतिर स्थानियले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।
प्रहरी घटना स्थलमा पुग्दा भण्डारीको टाउको र अन्य शरीरमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको हुनसक्ने आसंका गरिएको छ ।उनको गएराती नै हत्या भएको प्रहरीले बताएको छ ।घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया