तुलसीपुर, २९ चैत्र । लोकल माहुरीको महले बजार नपाउदा किसानहरु चिन्तित बनेका छन् । दाङ तुलसीपुर ३ खमारी र पहरेखोलामा किसानहरुले पालेका लोकल माहुरीको मह विक्रि हुन सकेको छैन ।आफुले पालेका लोकल माहुरीबाट उत्पादन भएको झन्डै १६÷१७ क्वीन्टल मह विक्रि नहुदा घरमै राख्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।
माहुरी पालन उद्यमी समुहका अध्यक्ष कलिभान राकाले दिएको जानकारी अनुसार उक्त मह १८ लाख रुपैया मुल्य बराबरको रहेको छ ।
प्रतिकिलो न्युनतम मुल्य नौ सय देखी एक हजार सम्म रहेको छ ।त्यस क्षेत्रका किसानले विगतमा पनि लोकल माहुरीको मह उत्पादन गरेर राम्रो आम्दानी गदै आएका थिए ।तर यस वर्ष धेरै मह उत्पादन भएपनि महले बजार नपाएपछि आम्दानी हुन नसकेको समुहका अध्यक्ष रोकाले बताएका छन् । अहिले किसानहरुले आफुले उत्पादन गरेको मह घरमै थन्काएर राख्न बाध्य भएका छन् । एउटा किसानको घरमा कम्तिमा १० वटा देखी ८५ वटा माहुरीको घार राखेर व्यवसाय गदै आएका छन् । अहिले त्यस क्षेत्रमा ७ सय ५६ वटा घारमा माहुरी पालन गरिएको छ ।





