२०८३ असार २६ गते शुक्रवार

चिकित्सककाेआन्दोलनले बिरामीकाे वेहाल

काठमाडौं  

सरकारको समायोजन प्रक्रियाले आफूहरूको वृद्धि विकासमा गम्भीर असर परेको भन्दै त्यसविरुद्ध चिकित्सकहरूले आन्दोलन जारी राख्दा दैनिक हजारांै बिरामी मारमा पर्दै आएका छन् । देशभरका झन्डै १ हजार ४ सय सरकारी चिकित्सकहरू आन्दोलनमा छन् ।
चिकित्सकहरूले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन् । अत्यावश्यकीय सेवामा बन्द हडताल गर्न नपाउने नियमलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि कमजोर आर्थिक अवस्था भएका बिरामी बढी मारमा परेका छन् । उनीहरूसँग निजी अस्पतालमा उपचार गराउने हैसियत छैन । त्यसैले रोग पालेरै सरकारी अस्पतालको ओपीडी सेवाबाटै उपचार पाउने प्रतीक्षामा छन् । सोमबार मुलुककै सबैभन्दा जेठो अस्पताल वीरमा पुग्दा अस्पतालको गेटमा आर्थिक अवस्था कमजोर रहेका बिरामीहरू ७२ घण्टादेखि चिकित्सकको प्रतीक्षामा थिए । यस्तै, अवस्था अन्य सरकारी अस्पतालमा पनि देखिन्थ्यो । बिरामीहरू चित्कार गरिरहेका थिए । तर, चिकित्सकहरू भने बिरामीलाई उपचार गर्नुपर्ने दायित्व बिर्सिएर सडकमा उत्रिएका थिए । राजधानीबाट

प्रकाशित मिति : २०७५ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया