बाल विवाह तथा बाल श्रमशोषण अन्त्य गर्न नाटक प्रर्दशन

तुलसीपुर, २ चैत । बाल विवाह, न्युनीकरण तथा बाल श्रमशोषण अन्त्य गर्नका लागी चेतनामलक कचहरी नाटक तुलसीपुर क्षेत्रको विभिन्न स्थानमा शनिवार प्रर्दशन गरिएको छ ।तुलसीपुर ७ स्थित घुसेरी र वडा नम्वर १० स्थित बनगाउँमा नाटक प्रर्दशन गरिएको नवजागरण महिला तथा बाल संरक्षण केन्द्रका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिएका छन् ।
नाटक मार्फत बाल श्रम अन्त्य गरौ, वाल विवाह कानुनी अपराध हो, बालबालिकालाई विद्यालय पठाउँ, नगरौ आज विवाहको कुरा भएको छैन २० वर्ष पुरा भन्ने सन्देश दिईएको थियो ।सानै उमेरमा विवाह गर्नुहुदैन , यदि कसैले विवाह गरे वा गराएमा कानुनी सजायको व्यवस्था छ भन्ने कुरा नाटकमा प्रस्तुत गरिएको थियो । बाल संरक्षण केन्द्रको आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाको सहकार्य तथा युनिसेफको सहयोगमा नाटक प्रर्दशन गरिएको हो ।
कार्यक्रममा तुलसीपुर ६ का वडा अध्यक्ष नवराज लामीछानेले बाल विवाह तथा बाल श्रम रोक्नका लागी सवै सचेत हुनुपर्ने बताएका थिए । १४ वर्ष मुनीका बालबालिकालाई जोखीम पुर्ण श्रममा लगाउन नपाईने र २० वर्ष उमेर नपुगी विवाह गर्न नहुने बताएका थिए ।
यस्तै वडा नम्वर ७ का वडा अध्यक्ष टोप बहादुर केसीले अझै पनि विभिन्न कारणले बाल विवाह र बाल श्रम शोषण भईरहेको भन्दै यसको अन्त्यका लागी सवैले सहयोग गर्नुपर्ने बताएका छन् ।

गरिवी, अशिक्षित ,बेरोजगार जस्ता विभिन्न कारण भएकाले चेतना फैलाउन जरुरी रहेको बताएका छन् ।नाटकमा भुमा केसी,सुरेस भण्डारी सृजना भण्डारी, शोभा अधिकारी, समिक्षा पुन, मदन भुसाल, रेजिना मिया लगाएतले आ.आफनो भुमिका निर्वाह गरेका थिए भने नाटक प्रर्दशनको सहजकर्तामा प्रभात धिताल रहेको थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया