दाङ, नेपालगंज र बुटवका प्रादेशिक अस्पतालाई सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने सोचमा प्रदेश सरकार अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले कुन अस्पतलाई कुन सेवाको सेन्टर बनाउन सकिन्छ भन्ने विषयमा प्रस्ताव लिएर आए छलफल गर्न तयार रहेको बताउनुभयो । हुनेखाने व्यक्तिले छानेर अस्पतालमा उपचार गरे पनि निम्न बर्गले अझै पनि उच्च स्तरीय सेवा पाउन नसकेको उहाँले बताउनुभयो ।
राप्ती प्रादेशिक अस्पाल तुलसीपुरमा मृगौल रोगका लागि विशेषज्ञ सहितको सेवा संचालनका लागि प्रस्ताव लिएर आएमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको पनि मुख्यमन्त्री पोखरेलले बताउनुभयो । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुखु घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर मृगौला रोग विशेषज्ञ ऋषीराम काफले, आँखा रोग विशेषज्ञ सन्दुक रुइतले मृगौला, आँखाको रोगका विषयमा प्रकाश पार्नुभएको थियो । उपप्रमुख माया आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहागनरपालिका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर गोकर्ण दहालले गर्नुभएको थियो । कार्यक्रम हुनु पुर्व उपमहागनरपालिकाको कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भाग परिक्रमा गर्दै तुलसीपुर उद्योगबाणिज्य संघको हलमा पुगेर कार्यक्रममा परिनत भएको थियो ।
प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार






















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।