२०८३ कार्तिक १० गते सोमवार

आज तुलसीपुरमा वृहत स्वास्थ्य शिविर

तुलसीपुर, ३० फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ को पवननगरमा विहिवार वृहत स्वास्थ्य शिविर हुने भएको छ । तुलसीपुुरलाई मोतिया विन्दुमुक्त क्षेत्रका रुपमा घोषणा गर्नका लागि १ सय जनाको निशुल्क अप्रेसन समेत गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकालाई मोतियाविन्दुमुक्त क्षेत्रका रुपमा घोषणा गर्नका लागि शिविरको आयोजना गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले वताए । उनले अपरेसनका लागि पूर्व चेकजाँच भएका विरामीहरुलाई मात्रै अपरेसन गरिने पनि जानकारी दिए । ‘हामी केही दिनदेखि अपरेसन गर्ने विरामीहरुको छनोट गरिरहेका थियौ सबैको अव अपरेसन हुन्छ ’ डा. दाहालले वताए । उनले मोतियाविन्दुमुक्त नगरका रुपमा विकास गर्नका लागि अभियानको समेत सुरुवात हुने वताए । मोतियाविन्दुको अपरेसनका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको समुह तुलसीपुर आइसकेको छ । अभियानको सुरुवात भएपछि हरेक वडामा गएर अपरेसन गरिने समेत जनाइएको छ । यसैगरी विश्व मृगौला दिवसका अवसरमा मृगौला रोगको परिक्षण र उपचार समेत हुने भएको छ । स्वास्थ्य महाशाखा प्रमुख दाहालका अनुसार सेवाग्राहीको पिसाव चेकजाँच गरेर केही खरावी देखिए रगत समेत चेकजाँच गरी उपचार गरिने छ । मृगौला रोगको परिक्षणका लागि वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेको समुह पनि तुलसीपुर आइसकेको छ । यसैगरी शिविरमा महिलाको पाठेघरको क्यान्सरका साथै महिलासँग सम्वन्धित अन्य रोगहरुको पनि परिक्षण गरिने डा. दाहालले वताए । नेपाल नेत्रज्योति संघ दाङ्ग, तिलगंगा आँखा अस्पताल लगायतको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले शिविरको आयोजना गरेको हो ।।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।