लौरो टेक्दै निशुल्क स्वास्थ्य शिविरमा

तुलसीपुर, २५ फागुन

तुलसीपुरको ज्ञानज्योति प्राथामिक विद्यालमयम एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । चिनारी हस्पटीलको प्राविधिक सहयोग तथा तुलसीपुर नगर जेसिज र तुलसीपुर उपमहागनरपालिका– नडा नं.५को संयुक्त आयोजनामा स्वाथ्य शिविर सुरु भएको हो । सामान्य उपचारबाट समेत बन्चित भएका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको वडा सदस्य सावीत्रा गुरुङले जानकारी दिनुभयो ।

जेसीजका अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता एवम् वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख आथित्यमा शिविरको उद्घाटन गरिएको हो । सो अवसरमा वडा नं ६ का वडा सदस्य यमुना परियार, चिनारी हस्पटीलका रविन श्रेष्ठ लगाएतले अधिकतम सेवा लिन नागरिकलाई आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण जेसिजका महासचिव मोहन सुनारले गरेका थिए । डाक्टर दुर्गा बेलबासेको नेतृत्वमा करिब ७ जनाको स्वास्थ्यकर्मीको टोली खेटेकोृ छ । शिबिरमा सयौं नागरिकहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार
प्रतिक्रिया