स्वास्थ्य शिविरबाट जाजरकोटमा ८ सय लाभान्वित

 

द्री पन्त
जाजरकोट २१, फागुन / जाजरकोट नलगाड नगरपालिका ३, कैनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय विरामी लाभान्वित भएका छन् । दुर्गम गाउँमा आयोजना भएको उक्त शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दा“त लगायत रोगको विरामीले उपचार सेवा पाएका हुन् ।
विंग्स फाउण्डेसन र नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतको सहयोगमा शिविर आयोजना भएको हो । शिविरमा पाठेघर खसेका दुई सय महिलाले उपचार सेवा पाएका छन् । पाठेघर खसेका डेड् महिलाको रिङ्ग प्रेसरी राखेको डा नवराज केसीले बताउनु भयो । पाठेघर खसेका ३० जना महिलालाई अप्रेसनको लागि सुर्खेत रिफर गरेको डा.केसीले बताउनु भयो । एक सय ३० जना महिलाको पाठेघरको क्यान्सरको स्क्रीनिङ्ग गरेको डा. केसीले बताउनु भयो । बालबालिकाको स्वास्थ्य, कुपोषण लगायतको जा“च समेत गरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिड्डुल गर्न नसक्ने अवस्थामा रहेका बाललालिकालाई थप उपचार तथा अभ्यासको लागि सुर्खेत रिफर गरेको छ । त्यस्तै कुपोषित अवस्थामा रहेका ड्ेड् दर्जन बालाबालिकालाई पोषण पुर्नस्थापना गृह सुर्खेत रिफर गरेको डा केसीको भनाइ छ । दुर्गम गाउका जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिन पाउदा खुशी महशुस गरेको डा केसीले बताउनु भयो । स्वास्थ्य सम्वन्धी जनचेतनामूलक अभियानमार्फत बषैंदेखि रोग पालेर बसेका मानिसलाई उपचारको लागि प्रेरित गर्नुपर्नेमा डा. केसीले जोड दिनु भयो ।

शिविरमा आएका महिलामा पाठेघरको इन्फेक्सनको समस्या, पोषणको कमी, कष्टकर जीवन शैली लगायत समस्याहरु र बालबालिकामा कुषोषण, मुटु सम्वन्धी रोग, अपाङ्गताको समस्या बढी देखिएको डा.केसीको भनाइ छ । ८ बर्षदेखि पाठेघरको समस्याले सताएकोमा शिविरबाट उन्मुक्ति पाएको नलगाड नगरपालिका ३ की धनसरी पुनले बतानु भयो । शिबिरमा महिला डाक्टरस“ग समस्या बताउन सकेको र यस अघि लाजले कसैलाई भन्न नसक्दा समस्या व्यहोर्दै आएको पुनको भनाइ छ । रिङ प्रेसरी हालेपछि समस्या समाधान भएको पुनको भनाइ छ । घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पाउदा दुर्गम गाउका बासिन्दालाई लाभ भएको पुनले बताउनु भयो । दुई दिनसम्म संचालन भएको शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलि क्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको युवा समाज सेवी प्रकाश पन्तले बताउनु भयो । शिविर संचालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीको नेतृत्वमा एकजना विदेशी चिकित्सक सहित दुई दर्जन स्वास्थ्यकर्मी सहभागी भएको पन्तले बताउनु भयो । शिविर आयोजनाका लागि युवा समाज सेवी पन्तको सकृयता भएको हो ।

सहयोगी हात तथा समाजसेवीको ब्यक्तिगत लगानीमा शिविरको आयोजना गर्न सफल भएको पन्तको भनाइ छ । शिविरका लागि विंंग्स फाउण्डेसनका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा.केसीले २ लाख, बेलायतमा बस्ने पर्यटनविद् विशु सिंजाली एक लाख, अमेरिकामा रहेका प्रेम रोकायले २० हजार, नलगाडबासी युवा गगन रानाले २० हजार, अमेरिकामा बस्ने जयन्ति थापाले १५ हजार, सुर्खेतकी महिला उद्यमी बिन्दु नेपाल १० हजार र बेलायतमा रहेकी अन्जु कार्कीले १० हजार रुपैया सहयोग गरेका पन्तले जानकारी दिनु भयो । ब्यक्तिको चन्दाबाट उठेको उक्त रकमले औषधी किन्ने, महिलाको पाठेघरको क्यान्सर परिक्षण गर्ने किट किन्ने, रिंग पे्रसरी किन्ने, यातायात खर्च लगायतमा खर्च भएको पन्तले जानकारी दिनु भयो । निःशुल्क स्वास्थ्य शिविरमा पा“च लाख रुपैया“ खर्च भएको पन्तको भनाइ छ । कैना र टट्टाका बासिन्दाले शिविरमा खाना तथा वस्नको ब्यवस्था गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया