तुलसीपुरमा अटोभिलेजको उद्घाटन

तुलसीपुर,१८ फागुन /नेपालकै नमुना भनिएको तुलसीपुरको अटोभिलेजको शनिबार औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । व्यवसायी र तुलसीपुर उपमहागनरपालिको संयुक्त आयोजनाम संचालनमा आएको अटोभिलेजको उद्घाटन गदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यवसायीको एक्यवद्धता र लगनशीलताले अटोभिलेज संचालनमा आउन सफल भएको भन्दै बाँकी अधुरो काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अटोभिलेजलाई व्यवस्थीत रुपमा संचालन गर्न बजार र आसपसामा क्षेत्रमा ग्यारेज खोल्न नदिने उहाँले बताउनुभयो । यस क्षेत्रबाह्यक अन्यत्र ग्यारेज खोलेमा कारबाही गरीने चेतावनी दिदै प्रमुख पाण्डेले यसका लागि उपमहानगरपालिको पनि निगरानी गर्ने बताउनुभयो ।

अटोभिलेजलाई व्यवस्थीत रुपमा विकास गरी टुरिजम हबका रुपमा स्थापीत गर्ने नगरको उद्देश्य रहेको भन्दै नगरप्रमुख पाण्डेले यसलाई ठूलो सफलताका रुपमा लिएको बताउनुभयो । छरीएर रहेका अटो व्यवसायीलाई एकीतृत गर्दा सबैखाले सेवा एकै ठाउँबाट पाउन सकिने भन्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर बस पार्कलाइ व्यवस्थीत र सुन्दर बनाउन सहयोग मिलेको बताउनुभयो । ‘बर्षौ देखि बसपार्कमा अव्यवस्थीत रुपमा रहेको ग्यारेजलाई व्यवसायीको सहयोगमा व्यवस्थापन गर्नु उपमहानगरपालिकाका लागि निकै ठूलो उपलब्धी हो,’ नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘ यसले उपमहानगरपालिका अब विकासको गतिमा अघि बढ्यो भन्ने सन्देश दिएको छ ।’ ‘

अटोभिलेज निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महताराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख माया आचार्य, ६ नम्बर वडाध्यक्ष नवराज लामीछाने, नौ नम्बर वडाध्यक्ष घनश्याम ढकाल, सम्बाद समूहका सुशील बस्नेत, लगाएतले अटोभिलेजको निर्माण र व्यवस्थापन मात्रै नभएर यसलाई दिर्घकालिन रुपमा संचालनका लागि पनि सबैको सहयोग आवश्यक पर्ने बताएका थिए । समितिका उपाध्यक्ष पदम पोख्रेल जुठुकान्छुको स्वागत मन्तव्इबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव कमल गौतमले गर्नुभएका थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार
प्रतिक्रिया