२०८३ जेष्ठ २३ गते शनिवार

वडा सदस्यले खाएपछि अभियान सुरु

तुलसीपुर, १५ फागुन

दाङ सहित १५ जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको छ । यसैविच तुलसीपुर उपमहागनरपालिका अन्र्तगत ५ नम्बर वडाले पहिलो दिन पुरानो बसपार्क, बाहीनी चोक, सागरकिराना पसल र रानीजरुवाको मिलन चोकमा वुथ राखेर औषधी बितरण गरेको छ ।

रानीजरुवाको मिलन चोकमा विहान १० बजे वडा सदस्य सावित्रा गुरुङले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको शुभारम्भ गर्नुभएको थियो । वडा सदस्य गुरुङका अनुसार अहिले सम्म डेढसय भन्दा बढीले औषधी खाएका छन । एक जना वुथमा वडा सदस्य सहित ५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया