२०८३ कार्तिक १० गते सोमवार

बाँकेमा १३ प्रतिशत हात्तीपाइलेका बिरामी,दाङमा नवौं चरणको अभियान शुरु हुँदै

बाँके, १२ फागुन । 

हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । अभियान सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका बिरामी रहेका छन् । यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ । विसं २०६७ देखि शुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेकामा पछिल्ला वर्षहरुमा यो सङ्ख्या घटेको जनस्वास्थ्यको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालयले यस वर्ष शतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ । अभियान शुरु गर्दा ‘सावधानी’ अपनाउन नसकेकाले बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको शुरुआतमा महिला स्वयंसेविकाले घरपरिवार सङ्ख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको सङ्ख्या कम हुँदै गएको हो ।

देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । प्रदेश नं ५ को बाँके र दाङमा नवौँ, बर्दियामा आठौँ र कपिलवस्तुमा ११ औँ चरणको अभियान शुरु हुँदैछ । अभियान शुरु भएको छ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।