तुलसीपुरप्रदेश सरकारबाट आएको तीन करोड ३६ लाख रुपैयाँले अत्याधुनिक उपकरण खरिद गर्न लागेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । अस्पतालको स्तर वृद्धि भएसंगै उपकरण खरिदका लागि प्रदेश सरकारले उपलब्ध गराएको उक्त रकमले डाइलशीश उपकरण, इन्डोस्कोपी, मुटुका लागि इको कार्डियो ग्राफी, इमरजेन्सीमा अत्याधुनिक बेड सहितको मोनिटर, डेलिभरी बेड, पाँच सय एमएको एक्सरे, शवलाई राख्ने मर्चुरी लगाएतका उपकरणका लागि टेण्डर आब्हान गरिएको अस्पतालका प्रमुख डा. शर्वेस शर्माले जानकारी दिनुभयो ।अस्पतालको नाम परिवर्तन संगै प्रादेशिक स्तरीय सेवा संचालनका लागि भने अस्पतालाई एक सय सैयामा पु¥याउनु पर्ने र भौतिक संरचनाको निर्माण पनि गर्नु पर्ने डा. शर्माले बताउनुभयो । प्रादेशिक अस्पताल हाल पचास सैयाको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।