२०८३ कार्तिक १० गते सोमवार

बालापुरको श्वास्थ्य शिविरमा ७ सय बढिले सेवा लिए

सुमन वली,तुलसीपुर ३ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ वालापुरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ को आयोजना तथा कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा ७ सय वढि मानिसको स्वास्थ्य चेकजाँच गरिएको आयोजकले जानकारी दिएको छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सचिन ढुँगेल, कन्सल्टेन्ट फिजिसियन डा. प्रवेश पन्त, पोषण विज्ञ डा. गीता शाह र सर्जु बराल, मानसिक रोग विशेषज्ञ डा. रितु पौड्याल,डा. श्रीधर खड्का लगायतले स्वास्थय परिक्षण गरेका थिए । वडा नम्वर २ का वडाध्यक्ष राजु आचार्यको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा उपप्रमुख माया आचार्यको विशिष्ट आतिथ्यतामा शिविर भएको थियो । शिविरको उद्घाटन गदै नगरप्रमुख घनश्याम पाण्डेले हरेक मानिस स्वथ्य रहनका लागी असल आहारा , असल सोचाई र असल व्यवहार हुनुपर्ने बताएका छन् । उनले नगरवासिको श्वास्थ्यमा सुधार ल्याउन आफु निरन्तर लागि पर्नेृ बता्रएका छन । कतिपय मानिसहरुले खानपिनमा ध्यान नदिनु, गलत सोचाई राख्नु र व्यवहार गर्नुले पनि रोगी हुने भन्दै सवै कुरामा सकारात्मक सोच राखेमा निरोगी हुने बताएका छन् । सो अवसरमा नेपाल नेत्रज्योती संघका सचिव सुरेन्द्र खड्का, मावी बालापुरका प्रधानाध्यापक सुवर्ण लामीछाने, नेपालगन्ज मेडिकल कलेजका सामाजिक ईकाई उपप्रमुख अव्दुल हुसेन,बरिष्ठ मुटुरोग विशेषज्ञ सचिन ढुङगेल लगाएतले बोलेका थिए । तुलसीपुर उपमहानगरपालिका स्वास्थय महाशाखा प्रमुख डाक्टर गोर्कण दाहालले स्वागत मन्तव्यबाट सुरु भएको शिविरको सहजीकरण बसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।