राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा ठप्प

तुलसीपुर,३ माघ ।
पेशागत सुरक्षाको मागसहित आन्दोलनमा उत्रिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आजदेखि इमर्जेन्सी र प्रसुती बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । विभिन्न मागसहित हिजो देखि संघर्षमा उत्रिएका कर्मचारीहरुले आजदेखि ओपिडी सेवा ठप्प पार्ने जनाएका छन् ।

संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले आन्दोलनकै क्रममा आजदेखि ओपिडी सेवा ठप्प पार्ने जानकारी दिनुभयो । इमर्जेन्सी, प्रसुतीलगायतका अत्यावश्यक सेवामा आफूहरुले कुनै असर नपार्ने भन्दै अध्यक्ष गौतमले ओपिडीको काम भने बाहिरबाटै सञ्चालन गर्ने जानकारी दिनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै ७ दर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तवल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन् । कर्मचाचारीहरुले गत साउनदेखि तलव पाएका छैनन् ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया