तुलसीपुर, २० चैत्र ।
तुलसीपुर उप महानगरपालिका वडा नम्बर ११ मा रहेको उरहरी स्वास्थ्य चौकि लाई दुई सहकारी संस्था ब्यक्तिगत सहयोग प्राप्त भएको छ । आज परेको सहकारी दिवशको अवसरमा उहरीमा रहेको मितेरी सहकारी संस्था र साना किसान सहकारी संस्थाले उक्त सहयोग गरेका हुन । चौकिमा आज भएको एक कार्यक्रममा मितेरी सहकारी सस्थाका अध्यक्ष वलदेव आचार्यले स्वास्थ्य चौकिमा आउने सर्वसाधरणका लागि एल.ई.डि.टि.भि.प्रदान गर्नुभएको थियो । त्यसैगरी साना किसान सहकारी संस्थाका अध्यक्ष कान्तप्रसाद वलीले झण्डै तिस जना अट्ने दुई वटा प्रतिक्षालय स्वास्थ्य चौकि लाई प्रदान गर्नुभएको थियो । यस्तै स्थानिय मिन प्रसाद न्यौपानेले आफ्नी स्व.श्रीमतिको सम्झनामा डिसहोम प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष एवं वडा सचिब मान बहादुर रावतको अध्यक्षता तथा जनस्वास्थ्य कार्यालयका अधिकृत प्रकाश कुमार योगिको प्रमुख आतिथ्यमा उक्त सहयोग हस्तान्तरण कार्यक्रम भएको थियो । सो अवसरमा समाजसेवि तिलक बहादुर बस्नेत ,मितेरी सहकारीका अध्यक्ष वलदेव आचार्य,साना किसानका अध्यक्ष कान्त प्रसाद वली ,सिड सस्थाका भागिराम चौधरी , सामुदायिक अध्ययन केन्द्रकि गोमावालन क्षेत्रि,काग्रेसका अर्जुन केसी , पत्रकार बसन्त परीयार लगायतले बोल्नुभएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले स्वास्थ्य चौकिको स्तर बृद्धिका लागि सवै लाग्नुपर्नेमा जोड दिएका थिए । साथै स्थानिय संघ सस्था र ब्यक्तिगत रुपमा भएको सहयोगको प्रशसा गरेका थिए । वडा कार्यालयकि सामाजिक परीचालक लक्ष्मी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकिका ईन्चार्ज विष्णु प्रसाद पोख्रेलले गर्नुभएको थियो ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।