२०८३ मङ्सिर ४ गते शुक्रवार

प्रधानमन्त्री शाह ३४ सदस्यीय टोली सहित आउदो आईतवार भारत भ्रमणमा जाने

फोटो फाईल

काठमाडौ, ४ मंसीर । प्रधानमन्त्री बालेन्द्र शाह पर्सि आइतबार दुई दिने भारत भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको हो । परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय रहने बताउनुभयो । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाहको टोली आइतबार दिउँसो पौने २ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रस्थान गर्ने भएको छ ।

बालेन–मोदीबीच सोमबार भेटवार्ता हुने

प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आगामी सोमबार भेटवार्ता गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार आइतबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले भोलिपल्ट समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।