सल्यान, ४ मङ्सिर । दाङको तुलसीपुरबाट सल्यानको बागचौरतर्फ यात्रा गर्ने क्रममा एक महिलाले सवारीसाधनमा छुटाएको ब्याग ट्राफिक प्रहरीले फेला पारेर बिहिवार परिवारलाई हस्तान्तरण गरेको छ। सल्यानको बागचौर नगरपालिका–१० निवासी ३२ वर्षीया महिला विद्युतीय सवारीसाधन (ईभी) मा यात्रा गर्ने क्रममा आफ्नो ब्याग छुटाएकी थिइन्। ब्याग छुटेको थाहा पाएपछि उनले अस्थायी ट्राफिक प्रहरी पोष्ट थारमारेमा जानकारी गराएकी थिइन्।
जानकारी प्राप्त हुनासाथ ट्राफिक प्रहरीले सक्रियतापूर्वक खोजतलास अघि बढाएको थियो। खोजीका क्रममा उक्त ब्याग फेला पारेर सम्बन्धित महिलाको परिवारलाई सुरक्षित रूपमा हस्तान्तरण गरिएको हो। ट्राफिक प्रहरीको समयमै गरिएको पहल र सक्रियताका कारण यात्रुले गुमाएको सामान फिर्ता पाएकी छन्। यस कार्यले ट्राफिक प्रहरीको जिम्मेवारी, इमानदारिता र नागरिकप्रतिको सेवाभावलाई थप उजागर गरेको छ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।