२०८३ मङ्सिर ३ गते बिहिवार

सुनको भाउ आज पनि ३ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं,३ कात्तिक ।  सुनचाँदीको भाउ लगातार ओरालो लागेको छ । आज पनि सुन तोलामा तीन हजार ३०० रुपैयाँले घटेर दुई लाख ५७ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ६ हजार ३०० रुपैयाँले घटेर तोलामा दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको तीन हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि शुक्रवारयता लगातार ओरालो लागेको हो । चाँदी हिजो तोलाको तीन हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।