फोटो फाईल
दाङ,३ कात्तिक । दाङ प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएका दुई नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय हापुरेको प्रहरी टोलीले बबई गाउँपालिका–४ स्थित मथुरा सल्लीरी सामुदायिक वनबाट दुई नाल भरुवा बन्दुक फेला पारेको हो।
बरामद गरिएका बन्दुक कसले र के प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बिहिवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।