दाङ,३ कात्तिक । दाङ प्रहरीले बिलबिजकबिनै ओसारपसार भइरहेको ५५ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हिजो राप्ती गाउँपालिका–५ स्थित सिसहनियाँ बजारमा खटिएको प्रहरी चेकिङ टोलीले उक्त सामान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय सिसहनियाँबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा बिलबिजक नभएका पानीको धारामा प्रयोग हुने विभिन्न किसिमका सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बरामद गरिएका सामानको अनुमानित मूल्य ५५ हजार ४० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बिहिवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।