मिना बुढाथोकि,सल्यान १८
जिल्ला कारागार सल्यानमा खानेपानीको अभाव भएको छ । कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको जेलर बिक्रम केसीले जानकारी दिनुभयो । जिल्ला कारागार सल्यानमा गएको कात्तिकदेखि धारामा पानी आएको छैन । ६ महिनादेखि धारामा पानी नआएपछि जिल्ला कारागारले दैनिक दुई ट्यांकर पानी किन्दै आएको जिल्ला कारागार सल्यानका जेलर बिक्रम केसीले बताउनुभयो ।
खानेपानी नियमित रुपमा धारामा नआएकोबारे सम्बन्धित निकायलाई आग्रह गर्दा पनि बिचबिचमा पाइप फुटेको तथा मर्मत नगर्दा धारामा पानी नआएको भनेर पन्छिने गरेको उहाँले बताउनुभयो । ‘घ’ श्रेणीको जिल्ला कारागारमा अहिले ७० जना पुरुष, १५जना महिला र २ नाबालक गरि जम्मा ८७ कैदी बन्दीहरु छन् । तीमध्ये ६५ जना कैदी हुन भने बाँकी बन्दी हुन । कैदीबन्दी र कर्मचारी तथा सुरक्षाकर्मी गरी १ सय १० जनालाई पानी पु¥याउनै मुस्किल भएको जेलर केसीले बताउनुभयो । आवश्यकता भन्दा चारगुणा बढी कैदी हुँदा त्यसको प्रत्यक्ष असर कैदीको खानपान र सरसफाइमा परेको कारागारका कैदीहरुले बताएका छन् ।।
सल्यान कारागारमा खानेपानिको अभाव हुदा कैदिहरु लाई समस्या
प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया