काठमाण्डौँ, १ कात्तिक । उज्यालो र उमङ्गको रमाइलो चाड दीपावली आजदेखि शुरू भएको छ । सामान्यतः ५ दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले १ दिन बढेर ६ दिन भएको छ । यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट शुरू भएर आउँदो बिहीवार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ । नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ ।
यसपालि बितेको शारदीय नवरात्रजस्तै यमपञ्चक १ दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मिथिलामा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको भोग घटबढले ६ दिन भएको हो । यसपालिको शारदीय नवरात्र पनि १० दिनको भएको थियो ।।
प्रकाशित मिति : २०८२ कार्तिक १ गते शनिवार






