२०८२ असोज २९ गते बुधवार

तिहारमा झन्डै ४६ लाख २० हजार माला बिक्री हुने अनुमान

काठमाण्डौँ, २९ असोज ।  फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ । सयपत्री फूलको ४० लाख, मखमखी फूलको पाँच लाख ५० हजार, गोदावरी फूलको २० हजार र मिक्स माला ५० हजार गरी देशभर ४६ लाख २० हजार माला माग हुने अनुमान गरेको एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष सयपत्री मालाको सरदर थोक मूल्य प्रतिथान ८५ रुपैयाँ, मखमली फूल मालाको ४५ रुपैयाँ, मिक्स फूल मालाको तीन सय ५० र गोदावरी फूलको माला प्रतिगोटा एक हजार दुई सय रुपैयाँ पर्ने छ । ग्रामीण क्षेत्रमा सयपत्री फूलको माग शतप्रतिशत आन्तरिक उत्पादनले धान्छ । शहर केन्द्रित क्षेत्रहरूमा भने झन्डै साढे १२ प्रतिशत आयात गर्नुपर्ने देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस वर्षको तिहारमा ४० करोड ६२ लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया