२०८२ असोज २९ गते बुधवार

दाङमा ब्राउनसुगरसहित १ जना पक्राउ

तुलसीपुर, २९ असोज ।  दाङमा लागुऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–६ हलचौर घर भई अहिले दाङको घोराही–१५ तुलसीपुर चोक नजिक डेरा गरी बस्ने २२ बर्षीय दिपक रेउले रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनले लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले घोराही–१६ सर्रा नजिकै बाटोमा हिडिरहेको अवस्थामा हिजो मंगलबार फेला पारी खानतलासी गर्दा १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेपछी उनलाई पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया