
दाङ, २८ असोज । देशको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राखी लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन तिहारपछि बोलाइने भएको छ । अधिवेशनका लागि आवश्यक बिजनेस (कार्यसूची) तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सरकारले प्रदेश सभामा प्रस्तुत गर्न विभिन्न विधेयकको तयारी अन्तिम चरणमा पु¥याइरहेको जानकारी दिनुभयो ।
प्रदेश सभा सचिवालयले पनि अधिवेशनका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार तिहारअघि अधिवेशन बस्ने सम्भावना नभएकाले सरकारको आह्वानसँगै सचिवालय पूर्ण तयारी अवस्थामा रहने छ ।।
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार