२०८३ कार्तिक ९ गते आइतवार

सुन तोलाको २ लाख ३५ हजार नाघ्यो

काठमाण्डौ,२१ असोज । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको दुई हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ३३ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने यथावत नै रहेको छ । चाँदीको भाउ आज दुई हजार नौ सय ६० रुपैयाँ रहेको छ । हिजो पनि त्यही भाउमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।