२०८३ कार्तिक ९ गते आइतवार

दशैँको बिदा सकिएसँगै तुलसीपुरमा चहलपहल बढ्यो

तुलसीपुर, २० असोज । बडादशैँको बिदा सकिएसँगै दाङको तुलसीपुर बजारमा चहलपहल बढेको छ । दशैँमा सुनसान बनेको तुलसीपुर बजारमा आजदेखि सरकारी कार्यालयहरू पनि खुलेसँगै चलहपहल बढेको हो । दाङको तुलसीपुर मात्रै नभइ आजदेखि सरकारी कार्यालय खुल्ला भएपछि देशभरका सरकारी कार्यालयहरूमा पनि चहलपहल शुरू भएको छ । दशैँको टिकाको दिनदेखि सुनसान रहेको तुलसीपुर बजार टिकाको दोस्रो दिनदेखि नै केही चहलपहल सुरु भैसकेको थियो तर तुलसीपुरको बजार भने आइतबारदेखि खुलेका हुन् । विहीबारको दिन विजयादशमी शुक्रबार र शनिबार लगातार विदाको दिन परेकाले सवारी साधन र मानिहरुको चहलपहल भएपनि स्वास्थ्य, खाद्यान्न बाहेक अन्य पसलहरु खुलेका थिएनन् ।यस वर्ष असोज १६ गते दशैँको टीका रहेको थियो । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।