
काठमाण्डौ, १७ असोज । बलिवुडका सुपरस्टार शाहरुख खान एउटा नयाँ सूचीअनुसार संसारका सबैभन्दा धनी नायकहरूमध्येमा गनिँदै पहिलो पटक अर्बपतिहरूको क्लबमा सूचीकृत भएका छन्। यी ५९ वर्षीय नायकको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिएको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो।
यसले उनलाई आर्नोल्ड श्वार्शनीगर, पप स्टार रिहाना, गल्फर टाइगर वूड र गायक टेलर स्वीफ्ट जस्ता विश्वव्यापी सेलिब्रिटीको लाइनमा पु¥याइदिएको छ जसको कुल सम्पत्ति फोब्र्स म्यागजिनका अनुसार १.६ अर्ब डलर रहेको छ ।
त्यो सूचीमा रहेका अन्य बलिवुड व्यक्तित्वहरूमा नायिका जुही चावला, नायक ह्रितिक रोशन र अमिताभ बच्चन तथा फिल्म निर्देशक करन जोहर छन्। बलिवुडका ’किङ अफ रोमान्स’ भनिने खानले हिन्दी फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय बिताएका छन्। उनी नायकबाहेक एउटा प्रमुख प्रोडक्सन हाउस र क्रिकेट टीमका मालिक पनि हुन् । बीबीसीबाट