२०८३ भाद्र १३ गते शनिवार

बुटवल देखि गुल्मी जादैँ गरेको ईभी गाडी दुर्घटना, करिब ५० मिटर तल खस्यो

रूपन्देही, १२ असोज । बुटवलबाट गुल्मीको मुसीकोट तर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ । गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनामा १ जना गम्भीर र अन्य ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगाइएको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीले जनाएको अनुसार गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।