२०८३ असार ३० गते मङ्गलवार

जेनजीलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन सुरु

काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ता कात्तिक ३० गतेसम्म गर्न सकिने जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत शुक्रबारदेखि दर्ता प्रक्रिया पुनः सञ्चालन हुने जानकारी दिएका हुन्।

नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा गरेका नागरिकले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा पुगेर दर्ता गर्न सक्नेछन्। आयोगले प्रि-रजिस्ट्रेशन प्रणालीमार्फत अनलाइन आवेदन भरेर बायोमेट्रिक विवरणका लागि कार्यालय जानुपर्ने व्यवस्था गरेको छ। निर्वाचन मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्यलाई सरकारले अध्यादेशमार्फत संशोधन गरेपछि पुनः सुरु गरिएको हो। यसअघि मिति घोषणा भएपछि दर्ता कार्य रोक्ने प्रावधान थियो।

संशोधनपछि आयोगले निर्णय गर्दै दर्ता प्रक्रिया कात्तिक ३० गतेसम्म सञ्चालन गर्ने भएको छ। यस अवधिमा नाम दर्ता नगरेका योग्य नागरिकलाई मताधिकारबाट वञ्चित नहुन आयोगले आह्वान गरेको छ।

 

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया