२०८२ फाल्गुन १ गते शुक्रवार

नेपाल टेलिकमको नेटवर्कमा समस्या, डाटा सेवा अझै अवरुद्ध

काठमाडौं, ९ असोज । नेपाल टेलिकमको नेटवर्कमा गएरातिदेखि समस्या देखिएको छ। मध्यरात १२ बजेदेखि देखिएको प्राविधिक गडबडीका कारण टेलिकमको भ्वाइस र डाटा सेवा प्रभावित भएको हो।

कम्पनीको बिलिङ प्रणाली ओसिएस मोड्युलमा समस्या आएपछि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, सुरुमा भ्वाइस र डाटा दुवै सेवा अवरुद्ध भए पनि अहिले भ्वाइस सेवा सामान्य अवस्थामा फर्किसकेको छ। डाटा सेवा भने अझै अवरुद्ध रहेको र प्राविधिक टोली समस्या समाधानमा खटिएको जानकारी उनले दिए।

उनका अनुसार, समस्या पहिचान भइसकेको छ र केही समयभित्रै पूर्ण रूपमा समाधान हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया