२०८३ बैशाख ११ गते शुक्रवार

भवन निर्माणमा सुरक्षासँगै स्वस्थतामा ध्यान दिऔं : अधिकृत पार्धे

तुलसीपुर, १४ श्रावण ।  घर तथा भवन निर्माण गर्दा त्यसको सुरक्षामा सँगै स्वस्थतामा पनि ध्यान दिन आवश्यक रहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले वताउनुभएको छ । उर्जा प्रभावकारी भवन निर्माणमा प्राविधिकहरुको सिप तथा क्षमता अभिवृद्धिका लागी तुलसीपुरमा आयोजित ३ दिने तालिमको आज समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका अधिकृत पार्धेले यस्तो वताउनुभएको हो । विशेष गरी भुकम्प पछि मानिसहरुले बलिया र सुरक्षित भवन निर्माण प्रति चासो राखे पनि उक्त भवन स्वस्थ छ की छैन भन्ने तर्फ भने ध्यान पुग्न नसकेको बताउँदै स्वस्थ भवन भएमा मात्रै त्यहाँ वस्ने मानिस स्वस्थ रहन सक्ने बताउनुभयो ।

यस्तै बिल्डिङ ईनर्जी ईफिसियन्सी ईन नेपाल (बीन) परियोजनाका ईन्जिनियर अभिषेक कर्णले उर्जा प्रभावकारी भवन भनेर सुन्दै गर्दा नयाँ लागे पनि यो नयाँ अवधारणा मात्रै भएको वताउनुभयो । कुनै पनि भवन निर्माण गर्नुृ पुर्व नै कम खर्चमा उर्जा प्रभावकारी भवन निमार्ण गर्न सकिने भएकाले प्राविधिकहरुसँग परामर्श लिन पनि ईन्जिनियर कर्णले आग्रह गर्नुभएको छ ।


उक्त तालिमका सहभागीहरुले पनि नयाँ नयाँ प्रविधिहरुमा भवन निर्माण हुँदै गर्दा उर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी तालिमले आफुहरुमा थप क्षमताको विकास भएकाले अझ सजिलो हुने बताएका थिए । तालिममा तुलसीपुर उपमहागरपालिका र लमही नगरपालिकाका ४२ जना प्राविधिक र ईन्जिनियरहरुको सहभागिता रहेको थियो । बिल्डिङ ईनर्जी ईफिसियन्सी ईन नेपाल (बीन) परियोजनाको आयोजनामा उक्त तालिमको सम्पन्न भएको हो । बीन परियोजनाले अहिले लुम्बिनी प्रदेश सहित बागमति र गण्डकी प्रदेशका ६० स्थानीय तहसँग सहकार्य गरिरहेको बिल्डिङ ईनर्जी ईफिसियन्सी ईन नेपाल (बीन) परियोजनाका तुलसीपुर फोकल पर्सन सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
प्रतिक्रिया