२०८२ फाल्गुन १ गते शुक्रवार

मकवानपुरको चित्लाङमा एनटी फाइबरसेवा विस्तार

दाङ १९ कात्तिक ।नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर  सेवाको विस्तार गरेको छ । थाहा नगरपालिका ९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा हिजो टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।

ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ । हाल रेडियो ब्याकहोलबाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर ब्याकहोलबाट बाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया