
काठमाण्डौ, १८ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गएराति दुई वटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँको उपचारका क्रममा दमौलीमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका कास्कीको पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्रीको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार