
तुलसीपुर, १७ भदौ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनालाई काठमाडौं रिफर गरिएको छ । दुर्घटनमा परी गम्भिर घाइते भएका शान्तिनगर गाउँपालिका–२ का ३१ बर्षीय जगत बहादुर चौधरी थप उपचारका लागी काठमाडौं गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरको गुम्राहचोकबाट बिरेन्द्र चोकतर्फ आउदै गरेको रा ७ प ८६३९ नम्बरको मोटरसाइकल गएराती ११ बजेको समयमा तुलसीपुरको मदनआश्रित चोकको बिचमा रहेको आइलनमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी आज बिहान हड्डीसम्बन्धि डाक्टरलाई देखाउने गरी डिस्चार्ज गरिएको थियो ।
त्यसपछी उनलाई थप उपचारको आवश्यक परेपछी नेपालगञ्ज हुदै प्लेनमार्फत काठमाडौं लगिएको घाइतेका दाई खुसीराम चौधरीले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी तिब्र गतिमा मोटरसाइल चलाएका कारण अनियन्त्रित भएर ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवनका कारण गएरती अवस्था गम्भिर देखिएपनी अहिले सामान्य हुदै गएको बताइएको छ । अधिकांस सवारी दुर्घटना मादक पदार्थ सेवनकै कारण हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख बरिष्ठ सई लक्ष्मण ऐरले सवारी चालकहरुलाई यसतर्फ विशेष सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।।