देउखुरीमा कारको ठक्कर, वृद्धको उपचारकै क्रममा मृत्यु

दाङ, १५ भदौ । देउखुरीमा कारले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका–२ बरुवा गाउँका ७० वर्षीय भगवानदीन चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज आइतबार बिहान करिब साढे सात बजे लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले चौधरीलाई सिसहनियाँ–सोनपुर भित्री सडक खण्डमा पैदल हिँडिरहेका बेला ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई सुरुमा लमही अस्पताल पुर्याइएको थियो। अवस्था जटिल भएपछि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल सारिएको तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया