२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुरमा टिप्परले स्कुटीलाई ठक्कर दिदा चालक सिरियस

दाङ, ९ भदौ । दाङको तुलसीपुर–१७ बेलझुण्डीमा टिप्परले स्कुटीलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–११ बस्ने ५६ वर्षीय निम बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम लगिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घटना आइतबार दिउँसो करिब १ः४० बजे भएको थियो ।

तुलसीपुरबाट दुधरासस्थित सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको खाली टिप्परले विपरीत दिशाबाट आइरहेको रा ४ प ३७७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त घटना भएको थियो ।

दुर्घटनामा संलग्न दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने टिप्पर चालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने २७ वर्षीय विशाल सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ९ गते सोमवार
प्रतिक्रिया