एक दिन बुबाको मुख हेरेर सधै पुग्छ ?

आज बुबाको मुख हेर्ने दिन (कुशे औंसी) मनाइरहँदा उएटा दृष्टान्त याद आयो । एक वृद्ध दम्पतीका दुइ भाइ छोरा । हुर्के बढे । पढेलेखे ठूलो भए । बिहे गरेर बुहारी भित्र्याए । नातिनातिना काखभरी भए । कसैले जागिर खाए । कसैले घरधन्दा सम्हाले ।  बुबाआमाको समयक्रमसँगै उमेर ढल्किदै गयो । घरमा सामान्य कुरामा छोरा बुहारीसँग कुरा मिल्न छोड्यो । विभिन्न समयमा खटपट पर्न थाल्यो । आफ्नै सन्तानले हेला गर्न थालेपछी  वृद्ध बाआमाको मन भतभती पोल्न थाल्यो असह्‍य पीडाका कारण  आफू बस्दै आएको मुली घर छोडेर उनीहरू नजिकै रहेको गोठमा गएर बस्न थाले । आँगन एउटै, बाटो एउटै भएपछि विभिन्न समयमा भेट हुने भयो ।

चल्लाकुखुरा, बाख्रापाठाको है, हुन थाल्यो । जसका कारण छुट्टिएर गएपनि ककारी र झगडाले छोडेन । त्यहाँबाट पनि वृद्ध बाआमा अलि टाढा बस्ने निधो गरे । आफू बस्दै आएको गोठको बलाबाली, दारपात झिकेर नयाँ घर निर्माणका लागि लिन थाले । त्यसमा पनि विवाद भयो । भाइ बुहारीले गएर जेठाजुलाई भनिन् ‘बड्डाबड्डीले गोठका सबै काठहरू लगी सके । नलैजाऊ भनेको मान्दैनन् के गर्ने होला भन्दै सल्लाह मागिन ।’ जेठाजुले प्रहरीमा उजुरी दिन सल्लाह दिए ।  जेठाजुको सल्लाह अनुसार बुहारीले प्रहरीकोमा गएर ससुराले दार चोरी गरेको उजुरी प्रहरीमा दिइन् । प्रहरीले ससुरालाई बोलाएर घटनाको विषयमा छलफल गरायो ।

ती वृद्धले छोराछोरीले गरेको सबै व्यवहारको सबै बेलीविस्तार लगाए । प्रहरी छक्क र्‍यो । बुबाआमालाई पाल्नुको साटो उल्टै दुःखदिने भन्दै हकार्‍यो । यो त सामान्य घटना हो । केही समय मात्रै अघि नेपालको पूर्वी जिल्लामा जिउँदै आमालाई खाल्डोमा गाडेर हत्या गरेका घटना समेत सार्वजनिक भएका छन् । वृद्ध आमाबालाई वृद्धाश्रममा लगेर छोडेका छन् । घरबाट निकालेका छन् । जग्गा जमिन वा पैसा नदिएको निहुँमा कुटपिट र हत्या गरेका छन् । यहाँ उल्लेख गर्न खोजेको प्रसङ्ग के हो भने जिउँदा भगवानका रुपमा रहेका पुजनिय बुबाआमालाई एक दिन देखावटी माया गरेर भएन । सँधै माया गर्नुपर्‍यो । सँधै पुज्नु र्‍यो

धर्मशास्त्रले मातृदेवो भवः पितृदेवो भवः भनेको छ । यो मैले भनेको होइन हाम्रो धर्मशास्त्रले भनेको हो । यसको अर्थ आमाबाबुलाई देवीदेवताजस्तै सम्मान गर, देवीदेवतालाई जस्तै पूजा गर भनेर शिक्षा दिएको हो ।  आमाबाबुको अर्थ र महिमा हरेक समाजमा विशिष्ट छ । त्यसैले आमाबाबुको स्थान हिन्दु धर्मशास्त्रमा उच्च छ । यति ठूलो त्याग, धैर्य, ममता र संलग्नता हुन्छ, सन्तानप्रति आमाबाबुको । छोराछोरी सधैँ ऋणी हुन्छन् ।

बाआमालाई एकिदन मिठाई, फलफूल, कपडा आदि उपहार दिए र सामाजिक संजाल फेसवुकमा फोटो हालेर हाम्रो कर्तव्य पुरा हुँदैन । बरु मिठाई, फलफूल कपडा उपाहर नदिऊ । तर बाआमासंज सधैँ मिठो तरिकाले बोलौ । बाआमासंग बोल्दा नरिसाउँ । नबझुेको कुरा बुझाउँ ।  वृद्धबाआमाको सँधै सेवा गरौं । बिरामी भएका बेला मिठो मसिनो खाने कुरा सोधीसोधी खुवाउँ । घरबाहिर जाँदा आउँदा बुबाआमा म गए । म आँए भनेर जानकारी गराउँ । काम विशेषले  घर बाहिर भए सम्पर्क गरेर हालखबर साेधाै‌ । छुट्टिएर बसेको भएपनि भेटघाट गरौं । घरमा मिठो मसिनो पकाउँदा घरमै बोलाएर खान दिऊ । यसले बुबाआमाालई ठूलो शान्ति मिल्छ । अरु केही चाहिदैन । 

बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई पालनपोषण गर्लान भन्ने आशा सबै बाआमाको हुन्छ । 

नभए एकपटक हामी हाम्रा छोराछोरी तर्फ फर्किएर सोचौं  त !  हाम्रा लगानी हाम्रो परिश्रम छोराछोरीका लागि गरिरहेका छौ । उनिहरुले जे भने त्यही पुर्‍याउने कोसीस हरेक बाआमाले गरिरहेका हुन्छन् । हाम्रो बैसंउमेर त्यही छोराछोरीको खुशीका लागि सक्छौ । उनीहरू प्रति हाम्रो कति अटुट मायाँ छ । त्यसको शब्दमा ब्याख्या गरेर साध्ययै छैन । रत हामीहरुले जे भन्यो त्यही पुर्‍याउँछौ । आफ्ना रहर, इच्छा, चाहना, खुशी सबै तीनै सन्तानका लागि तिलाञ्जली दिन्छौ ।

तर जुन छोराछोरीका लागि हामीले हाम्रो सारा उमेर खर्च गर्‍यौं । तागतबागत सक्यौ । तर उम्मेदर ढल्किदै गएर आफू अशक्त हुँदा, आफुलाई सहारा आवश्यक पर्दा, आम्दानीका स्रोतहरु बन्द हुँदा हामी एक्लै छटपटिन्छौ । एक्लै दुःखी हुन्छौ । यो संसारमा आफ्नो शरिर आफैलाई बोझ हुन थाल्छ । त्यसैले आफ्ना छोरछोरीलाई जत्तिकै हरेक व्यक्तीले बाआमालाई माया गर्ने हो भने कसैका बाआमा सडकमा रोएर हिड्नुपदैन् । दुःख पाउनु पर्दैन । वृद्धाश्रममा धकेलिनु पर्दैन ।

हामीले गरेको कर्म र व्यवहार हाम्रा सन्तानले हेरिरहेका हुन्छन् । हामीले बाआमालाई जस्तो व्यवहार गछौं हाम्रा छोराछोरीले पनि हामीलाई त्यस्तै व्यवहार गर्छन् । किनकी हामीले जे कर्म गछौं त्यही फल भोग्ने हो । राम्रो काम गरे राम्रो ठाउँमा पुगिन्छ । गलत काम गरे गलत ठाउँमा पुगिन्छ । माया दिए माया पाइन्छ । गाली दिए गाली पाइन्छ । यो त ध्रुर्वसत्य कुरा हो ।

त्यसैले भविष्यमा छोराछोरीले, हामीलाई हेरेनन् । बुहारिले सहिनन् । हेला गरे । खानलाउन दिएनन् भनेर पछुताउनु भन्दा बुबाको मुख हेर्ने दिनमा गरेको जस्तै भित्री मनदेखि बाआमालाई माया गरौं । सम्मान गरौं । त्यसको सिको गरिरहेका हाम्रा छोराछोरी पनि बुढेसकालको सहारा हुन्छन् । भरलाग्दा हुन्छन् । श्रवण कुमार बन्न नसके पनि असल सन्तानका रुपमा आफुलाई स्थिापित गर्छन । हरेक बाआमा छोराछोरीका लागि पुजनिय हुन्छन् । खुशी राख्न हरतहले प्रयास गछर्न ।  

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार
प्रतिक्रिया