२०८३ भाद्र १३ गते शनिवार

दाङमा खोलामा डुबेर ६ वर्षीय बालकको मृत्यु

दाङ, ६ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–११, सुकौरामा एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय ललिता चौधरीका ६ वर्षीय छोरा रमेश चौधरी घर नजिकै रहेको डुरे खोलामा नुहाउने क्रममा शुक्रबार साँझ करिब ५ः३० बजेतिर डुबेर अचेत भएका थिए ।

तत्काल उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा चिकित्सकले साँझ करिब ६ः३० बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनास्थलमा प्रहरीले प्रहरी चौकी जसपुर दाङका प्रहरी नायब निरीक्षक एक बहादुर खड्काको कमाण्डमा र इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा टोली खटाएको जनाएको छ । बालकको शव हाल राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।