तुलसीपुरको –११ मा रहेको चर्चित भाइरल ‘झोलुङ्गे पुल’ । त्यसको मुनिबाट बगिरहेको कञ्चन् सर्यु गंगा अर्थात बबई नदी । छेउँमै रहेको रमनिय र मनमोहक खुल्ला चौर अनि माथिबाट झुल्किएको नीलो आकाशको दृश्यले चट्टै माया लै लै…बोलको तिज गीतको सौन्दर्यमा थप जीवन्तता भरेको छ । प्राकृतिक सौन्दर्यको वीचमा निर्माण गरिएको यो गीत, दृश्य र भाव दुबैमा बलियो बनेको देखिन्छ ।
तुलसीपुरमा शनिबार रिलिज गरिएको ‘चट्टै माया लै लै’ बोलको तिज गीतको भिडियोले कार्यक्रममा सहभागी सबैलाई माथि वर्णन गरिएका दृष्यले लोभ्याइरहेको थियो ।
“सिंगल हो, म नि साथ दिने कोही छैन,
चट्टै माया लै लै…
शिरैमा सिन्दुर भर्नलाई रहर भो…”
यस्ता हरफहरूले तिज गीतको परम्परागत बान्कीमा हल्का विट हालेको देखिन्छ । गाउँको परिवेश र शहरी सोचको मिलनले गीतलाई थप रसिलो बनाएको छ । ‘चट्टै माया लै लै’ गीतले तिजलाई केवल नाचगानको पर्व हैन, महिलाको भावना र स्वतन्त्र सोचको अभिव्यक्ति गर्ने प्लेटफर्मको रूपमा पनि चित्रण गरेको देखिन्छ ।
परम्पराग शैलीमा आधुनिक स्वाद मिसाएर ल्याइएको यो गीतले आगामी तिजमा दर्शक–स्रोतालाई खुबै आकर्षित गर्ने सम्भावना छ । रोशन वलीको शब्द रहेको गितमा भागिरथ चलाउने र माया केसीको स्वर रहेको छ । जसको निर्देशन झग्गु भण्डारीले गर्नु भएको छ । संचारकर्मी एचआर मगर र माया केसीको अभिनय रहेको गीतमा संगितको संयोजन खेमराज गौतमले गर्नुभएको छ ।
गित रिलिज कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेले नेपाली लोकसङ्गीतमा अर्को आकर्षक प्रस्तुति ‘चट्टै माया लै लै’ थपिएको बताउँदै कला र संस्कृतिको संरक्षणमा यसको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो । कलाकारहरु समाज र देशका सम्पती भएको चर्चा गर्दै कडा मेहनत र परिश्रमबाट सार्वजनिक गरिएको तिज गीतले पर्यटन क्षेत्रको विकासमा समेत सहययोग पुर्याउने उपाध्यक्ष बस्नेतले बताउनुभयो ।
ब्ल्याक डायमण्ड फिल्म्स प्रालिका संचालक झग्गु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, गायीका माया केसी, मोडल एचार मगर, केवि वली लगायतले मन्तव्य राख्नु भएको थियो ।
भिडियो हेर्न तल क्लि गर्नुहोस


















