२०८३ जेष्ठ २५ गते सोमवार

भीमसेन थापाले नेपाललाई के के योगदान दिएका थिए ?

तुलसीपुर,९ श्रावण । भीमसेन थापाको गोरखा जिल्लाको बोर्लाङ पिपलचोक गाउँमा वि.सं. १८३२ श्रावण ९ गते सानाकाजी अमरसिंह थापाकी पत्नी सत्यरुपाको कोखवाट जन्मभएको थियो । रणबहादुर शाहले जेठो छोरा हुँदाहुँदै कान्ती बतीको छोरा गिवार्णयुद्ध लाई राज्य पाउन कुनै समस्या नपरोस् भनेर शासन त्याग गरे । राजा पद त्याग गरेपछि दरवारमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन दामोदर पाँडेले भनेका थिए । तसर्थ आफूलाई मन लागेको ठाउँमा जीवनयापन गर्नको लागि चाहिने जति खर्च लिएर रिटायर भई बस्ने समेत सल्लाह दिए । रणबहादुर शाह काशी गएकाले नेपालको स्थितिमा परिवर्तन भयो । रणबहादुर शाहको बनारस आगमनबाट फाइदा उठाई अङ्ग्रेस सरकारले दोहोरो चाल चल्यो । रणबहादुर शाहलाई नेपाल आउन रोक लागोस भनेर वि.सं. १८५८ को कार्तिक महिनामा दुवै देश बीच सन्धि भयो । यस सन्धि अनुसार कप्तान नक्स प्रथम आवासियदूत भै दलबल सहित १० अप्रिल १८०२ मा काठमाण्डौँमा आए । यस सन्धिबाट रणबहादुर शाह अप्रसन्न भए । कप्तान नक्सको उद्देश्य नेपालको सैनिक स्थिति, आन्तरिक र वाह््य सुरक्षाबारे पत्ता लगाउने थियो । भीमसने थापाकै सल्लाहअनुसार सन्धि खारेज गरेको, रणबहादुर लाई अङ्ग्रेजसँग कुनै पनि लिखित सम्झौता नगर्न सल्लाह दिएका थिए । रणबहादुर शाहलाई बनारसबाट सुरक्षित  ल्याएका थिए भने उनको सत्ता जोगाइदिने काम गरेका थिए ।
राहदानी :  त्यस बेला नेपालको छिमेकी राज्यभारतमा अङ्ग्रेजहरूको शासनथियो । तिनीहरू नेपाल र नेपालभएर तिब्बत – चीन सित ब्यापार गर्न उत्सुक थिए । नेपालले तिनीहरूलाई यस्तो सुबिधा दिन नचाहेकोले नेपालसित युद्ध गर्नुपर्ने सम्भावनाले तिनीहरूले नेपालबारे जानकारी प्राप्त गर्न जासुसहरू पठाउँथे । नेपालको पहाडको गोप्यनियता भंग भएमा अङ्ग्रेजहरूलाई नेपाल पस्न सजिलो हुने थियो । तसर्थ अङ्ग्रेजको यो नीतिलाई असफल पार्न भीमसेन थापाले राहदानी प्रथा लागू गरेका थिए । कुनै पनि विदेशीलाई नेपाल प्रवेश गर्न राहदानी चाहिन्थ्यो । यो व्यवस्था कट्टरता साथ लागू गर्न राहदानी विभाग नै खडा गरेर ठाँउ – ठाँउमा गढी खोलेका थिए । त्यस वेलाको कुचक्री अङ्ग्रेजवाट बच्ने दिशामा भीमसेन थापाको काम निश्चयनै प्रशंसनीय थियो ।
फौजी व्यवस्था : अङ्ग्रेजको शत्रु फ्रान्सबाट विशेषज्ञहरू झिकाएर नेपाली सेनालाई आधुनिक ढंगको तालिम दिन थालिएको थियो । सम्पूर्ण नेपाली सेनाको पोशाक फेञ्च सेनाकै ढंगले बनाइयो । सेनालाई बस्नको लागि छाउनी र व्यारेक निर्माण गरिएको थियो । तोप, बन्दुक, गोलीको निर्माण कार्य शुरु भएको थियो ।
पाल्पा कब्जा :  अबध अङ्ग्रेजको मातहतमा गइसकेकोले पाल्पाको सम्बन्ध अङ्ग्रेजसित कायम भएको थियो । यस्तो स्थितिमा पाल्पामाथि सोझै आक्रमण गरेमा अङ्ग्रेजलाई पहाडको गोपनियता पाल्पाले जानकारी दिन सक्द थियो । पाल्पा नजितिएमा एकीकरण पूरा नहुनुको साथै नव विजित क्षेत्रमाथि नराम्रो असर पर्ने सम्भावना थियो । त्यसकारण पाल्पा जित्न भीमसेन थापा र रणबहादुर शाहले षडयन्त्र गरे । त्यस अनुसार पाल्पाका पृथ्वीपाल सेनकी छोरीसँग रणबहादुरले विहे गर्ने भएकोले उनलाई काठमाण्डौँ आउन भनियो । उनी आउन साथ आएका सम्पूर्ण व्यक्तिलाई ललितपुरमा कैद गरिए । त्यसपछि भीमसेन थापाले आफ्ना पिता अमरसिंह थापालाई पाल्पा कब्जा गर्न पठाए ।
सल्यान कब्जा :  रणबहादुर शाहको हत्यापछि पृथ्वीनारायण शाहको छोरी विलास कुमारीले सल्यानबाट काठमाण्डौँ आएर भीमसेन थापाको विरोध गरेकोले सामान्य भत्ता दिनेगरी सल्यानलाई वि.सं.१८६६ बैशाख १० गते नेपालमा मिलाइयो ।
राजदुत नीति :  सुगौली सन्धि पछि ब्रिटिस दूत रहनगयो । ब्रिटिस दूतहरूको उद्देश्य नेपालमा गोलमाल मच्चाउने र राज्यनै हडप्ने थियो । त्यसकारण ब्रिटिस दूतले आफूसित वाहेक अरुसित भेट्न नपाउने, घुम्न पनि नपाउने प्रतिबन्ध लगाएका थिए । ब्रिटिसको कुटनीति सफल हुन पाएको भए नेपाल अहिलेसम्म स्वतन्त्र रहने थिएन ।
पूर्वी तराई :  सुगौली सन्धिले छिनिएको पूर्वी तराई ‘राप्ती देखी कोशी सम्म’वि.सं. १८७३÷०९÷०७ गते अङ्ग्रेज वाट नेपाललाई फिर्ता दिलाए । ब्रिटेनको शक्ति र तरिकाबारे जानेर सत्तामा रहेसम्म नेपालको रक्षागर्न सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका थिए । दुश्मनको हातबाट नेपाल बचाउने महापुरुष अथवा चीलवाट चल्ला जोगाएझै नेपाल बचाएकाले उनलाई राष्ट्रिय विभूतिले सम्मान गरिएको थियो ।
                                                                                                                                                        मीन बहादुर के.सी.
                                                                                                                                                    शान्तिनगर गा.पा. ४ गिधनिया, दाङ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया