तुलसीपुर, ६ श्रावण । रोल्पाका कमलराज पुन, उहाँको दैनिकी विहान देखि वेलुका सम्म नै बङ्गुरको स्याहारसुसारसँगै वितिरहेको छ । कमलराजले विगत ४ वर्ष देखि तुलसीपुरमा व्यवसायीक बङ्गुर पालन गर्दै आउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका ८, गहते खोलामा व्यवसायिक बङ्गुर पालन गर्दै आउनुभएका पुनको फर्ममा अहिले २० वटा माउ बङ्गुर छन् भने ५० भन्दा वढी पाठापाठी छन् । वर्षमा झण्डै ३ देखि ४ सय सम्म पाठा र बङ्गुर विक्रिवाट २० देखि २५ लाख सम्म कारोवार गर्दै आउनुभएका पुनले सुरुमा केहि क्षति व्यहोर्नु परेको भएपनि अहिले भने आफु याे व्यवसायबाट पूर्ण सन्तुष्ट भएको वताउनुहुन्छ । १० वर्ष विदेशमा बसेर फर्किनुभएका कमलराज अहिले विदेशमा जतिको परिश्रम गरे नेपालमै पनि केहि गर्न सकिदो रहेछ है भन्ने उदाहरण वन्नुभएको छ ।
उहाँ भन्नुहुन्छ,–“अन्य व्यवसायको तुलनामा सजिलोसँगै छिटो आम्दानी लिन सकिने व्यवसाय वंगुर पालन व्यवसाय हो, तर आत्तिनु हुँदैन । मैले वुटवल, काठमाडौं, वाँके, वर्दिया, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, मनाङ, मुस्ताङ, बारा लगाएत जिल्लामा बङ्गुर पठाईरहेको छु, अहिले मेरो मार्केट राम्रै छ ।” वर्षमा झण्डै ३ देखि ४ सय सम्म पाठा र वंगुर विक्रिवाट २० देखि २५ लाख सम्म कारोवार गर्ने गरेको उहाँले वताउनुभयो ।” अहिले मेरो मार्केट राम्रै छ, परिवार नै यस व्यवसायमा आवद्ध छौं ।” अहिले पुनको काठमाडौंमा पनि फर्म सञ्चालनमा छ भने फर्ममा ४÷५ जनाले रोजगारी समेत पाएका छन् ।
रोल्पाकै कमला घर्ति पनि श्रीमान र परिवार सहित ४ वर्ष देखि बङ्गुर पालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँसँग अहिले १० वटा माउ वंगुर छन् । दुख र मेहनत गर्न सके व्यवसामा रामै्र हुने र आफुहरु पनि बङ्गुर पालन व्यवसायबाट सन्तुष्ट नै भएको वताउनुभयो । तर कहिले काँही रोग तथा महामारी आएर व्यवसायमा क्षति पुग्दा सरकारको सहयोग पाए केहि राहात हुन्थ्यो की भन्ने उहाँलाई लाग्छ । कमला भन्नुहुन्छ,–“मासुको लागी त्यति अनुभव त छैन, अलिअलि भए मार्केटमा जान्छ, तर हामीले वंगुरका पाठा उत्पादन र विक्रीमा जोड दिएर व्यवसाय गरेका छौं, सरकारबाट पशुपालक किसानका लागी पनि अनुदान आउँछ भन्छन् तर कहाँ आउँछ, हामीसम्म पनि अलिअलि आए हुन्थ्यो नी ।”
उहाँहरु मात्र होईन दाङको तुलसीपुर उपमहानगरपालिका–८,गहते खोलामा मात्रै झन्डै १५ बढी वंगुर पालन व्यवसायका फर्महरु संचालनमा छन् । स्थानीय थोरै छन् भने अधिकांश रोल्पा, रुकुम, सल्यान लगाएत जिल्लाका धेरै व्यक्तिहरुले व्यवसायिक रुपमा वंगुर पालन गर्दै आईरहेका छन् । दुर्गन्ध फैलिन नदिने उद्देश्यले शहरको भीडभाडभन्दा बाहिर गहते खोलाको क्षेत्र उपयुक्त मानिएको छ । विशेष गरी मासु उत्पादनका लागी भन्दा पनि पाठापाठी उत्पादन गर्ने र धेरै ठाउँहरुसम्म पुर्याउने उदेश्यले नै माउ वंगुरहरु धेरै पाल्ने गरेको व्यवसायी वताउँन् । अहिले धेरै जिल्लासम्म बजारको पहँुच पुगेकाले वंगुरका पाठाहरु विक्रिमा समस्या नभएको र ग्राहकहरुले पनि पहिले नै अर्डर गर्ने गरेको व्यवसायीहरुको भनाई छ ।

व्यवसायीक हिसावले कुनै पनि व्यवसायमा आउनुपुर्व त्यसको जानकारी र सम्भावना बुझेर व्वसाय गर्दा कुनै पनि व्यवसायीक क्षेत्रमा सफल वन्न सकिने उनीहरुको भनाई छ । तर कतिपय अवस्थामा लगानी धेरै गरेर पनि असफल हँुदा सकिदैन भन्ने बुझाई व्यवसायीमा आउने गरेकाले सरकारले व्यसायीको उत्पादन तथा सेवालाई बजार सम्म पुर्याउनमा सहयोग गरे मात्रै पनि किसानहरुमा थप हौसला बढ्ने उनीहरुको अपेक्षा रहेको छ ।
यता तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाबाट चालु आर्थिक वर्ष २०८/०८३ मा पशुपंछी पालक किसानहरुका लागी विभिन्न लक्षित कार्यक्रमहरु प्रस्ताव गरिएको पशु सेवा शाखा प्रमुख डा.मनोज वलीले वताउनुभएको छ । गाई, भैसी, भेडा, वाख्रा, वंगुरका लगाएतका लागी निशुल्क कृतिम गर्भाधान, सुत्केरी पशु किड, शाखा सम्म ल्याउन नसकिने पशुहरुलाई टोलमा गएर उपचार, अनुदानमा कृषि यन्त्रहरु वितरण लगाएतका कार्यक्रमहरु प्रस्ताव गरिएको वताउनुभयो । यस्तै नेपालमा वंगुरको मासुको माग राम्रो भएकाले किसानहरुलाई त्यति समस्या नभए पनि आवश्यक परे सहयोग गर्न सकिने शाखा प्रमुख डा. वलीले वताउनुभयो । यस्तै किसानले उत्पादन गरेका सेवाहरु स्वस्थ र आफुले पालेका पशुपंछीहरु निरोगी हुनुपर्ने उहाँले वताउनुभयो ।
रोल्पाका पुन र घर्ती जस्ता धरै कृषकहरू उदाहरणीय रुपमा छन्, जसले मेहनत, लगन र व्यवसायिक सोचका साथ देशमै बसेर लाखौं आम्दानी गरिरहेका छन् । राज्यको सहयोग र सही नीति बने कृषिमा नवप्रवेशीहरूका लागि पनि बङ्गुर पालनजस्तो व्यवसाय आत्मनिर्भरताको मार्ग बन्न सक्ने देखिन्छ ।


















