२०८३ कार्तिक ८ गते शनिवार

४ जिल्ला अदालतमा साढे ४ हजार बढी मुद्धा दर्ता

तुलसीपुर, २ साउन । लुम्बिनी प्रदेशको उच्च अदालत तुलसीपुर मातहतका ४ जिल्ला अदालतमा ४ हजार ६ सय ९२ मुद्धा दर्ता भएका छन् । वितेको एक वर्षका दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढी दाङ जिल्ला अदालतमा रहेको छ भने कम संख्या रुकुम पूर्व अदालतमा रहेको छ । उच्च अदालत तुलसीपुरले दिएको जिल्ला अदालतको वितेको आर्थिक वर्ष २०८१/०८२ को तथ्याँकले यस्तो देखाएको हो । आर्थिक वर्ष २०८१/०८२ मा दा जिल्ला अदालतमा ३ हजार ३ सय ३४ मुद्धा नयाँ दर्ता भएको उच्च अदालत तुलसीपुरका सुचना अधिकारी मधुसुदन पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसारयो वर्षमा अघिल्लो वर्षका १ हजार ८ सय ८९ मुद्धा जिम्मेवारी सरी आएका थिए । एक वर्षको अवधिमा ३ हजार २ सय ३३ अर्थात ६१.८९ प्रतिशत मुद्धा फछर्यौट भएका छन् भने १ सय ९९ मुद्धा बाँकी रहेका छन् । बाँकी रहेका मुद्धामा पनि १ वर्ष भित्रको ६ सय ८०, १२ देखि १८ महिना भित्रका २ सय ९५ र १८ महिनादेखि २ वर्ष भित्रका १८ मुद्धा रहेका छन् । यस्तै प्यूठान जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा ५ सय ८८ मुद्धा नयाँ र अघिल्लो वर्षका २ सय २ मुद्धा जिम्मेवारी सरी आएका गरी ७ सय ९० मुद्धा रहेका थिए । एक वर्षको अवधिमा ५ सय ५७ अर्थात ६१.८९ प्रतिशत मुद्धा फछर्यौट भएका छन् भने २ सय ३३ मुद्धा बाँकी रहेका छन् । बाँकी रहेका मुद्धामा १ वर्ष भित्रको २ सय १७, १२ देखि १८ महिना भित्रका १४ र १८ महिनादेखि २ वर्ष भित्रका २ मुद्धा रहेका छन् । रोल्पा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा ५ सय ६० मुद्धा नयाँ र १ सय २० मुद्धा जिम्मेवारी सरी आएका गरी ६ सय ८० मुद्धा मध्ये ५ सय ४८ अर्थात ७०.५० प्रतिशत मुद्धा फछर्यौट भएका छन् । १ सय ३२ मुद्धा फछर्यौट हुन बाँकी रहेका छन् । बाँकी रहेका मुद्धामा १ वर्ष भित्रको १ सय ३२ अन्य शुन्य रहेका छन् । रुकुमकोट जिल्ला अदालत रुकुममा आर्थिक वर्ष २०८१/०८२ मा २ सय १० नयाँ र ३१ मुद्धा जिम्मेवारी सरी आएका गरी २ सय ४१ मुद्धा मध्ये १ सय ८८ अर्थात ७८ प्रतिशत मुद्धा फछर्यौट भएका छन् भने ५३ मुद्धा बाँकी रहेका छन् । जुन १ वर्ष भित्रका मुद्धाहरु हुन् ।।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।