फोटो फाईल
तुलसीपुर, ७ कात्तिक । दाङमा भारतबाट अवैध रूपमा ल्याउदै गरेका विभिन्न किसिमका पटाका प्रहरीले बरामद गरेको छ । प्रहरीले पटाकासहित तुलसीपुरका एक अटो चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार गढवा गाउँपालिका–८, चारखम्बा स्थित कोईलाबास देखी गढवातर्फ आउँदै गरेको रा १ ह ४८१७ नम्वरको अटोलाई चेकजाँच गर्ने क्रममा अवैध पटका फेला परेको हो ।
भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर ५ आलुमण्डि निवासी २५ बर्षिय अनुभव अग्रवालले चलाएको अटोबाट २ लाख १० हजार १३६ मुल्य बराबरको अवैध पटका बरामद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अटो चालक अग्रवाल माथी विस्फोटक पर्दाथ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक ७ गते शुक्रवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।