२०८३ जेष्ठ २३ गते शनिवार

जनकल्याण मावि पदमपुरमा २३ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन

हापुरे, १४ असार ।  दाङको बबई गाउँपालिका वडा नम्बर ५ स्थित श्री जनकल्याण माध्यमिक विद्यालय, पदमपुरमा नेपाल नेपाल रेडक्रस सोसाइटीको विद्यालय स्तरीय जुनियर रेडक्रस सर्कल गठन गरिएको छ। शिक्षक नायक दुर्गाप्रसाद ओलीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पञ्चकुले उपशाखाका सचिव रामप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा शुक्रबार विद्यालयमा आयोजित भेलाले लक्ष्मी खड्काको अध्यक्षतामा २३ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरेको हो।

नवगठित सर्कलको उपाध्यक्षमा सुनिल ओली, सचिवमा ऋतु बिक, सहसचिवमा मिनाक्षी सुनार, कोषाध्यक्षमा जैतिन गाहा मगर, र सहकोषाध्यक्षमा निशा भण्डारी चयन हुनुभएको छ। सर्कलको सदस्यहरूमा अनुका चलाउने, रेजिना बिक, सन्ध्या बिक, यमुना केसी, जमुना बिक, रिमन बुढा, विक्रम ठाडा, आयुषा खत्री, निर्मला बिक, सोनिया मास्की, जमुना केसी, सम्झना पुन, एलिना बिक र सुदिक्षा खत्री रहेका छन्।

जुनियर रेडक्रस सर्कलको शिक्षक नायकमा दुर्गाप्रसाद ओली, सहनायकमा ओली र बालाराम खत्री चयन हुनुभएको छ भने संरक्षकमा विद्यालयका प्रधानाध्यापक गणेशबहादुर केसी रहनुभएको छ। नवगठित सर्कलमार्फत विद्यार्थीहरूमा सामाजिक सेवाको भावना विकास, विपद् व्यवस्थापनको चेतना अभिवृद्धि, प्राथमिक उपचार तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

 

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार
प्रतिक्रिया