२०८३ असार ७ गते आइतवार

दिव्यकुञ्ज एकेडेमी तुलसीपुरमा अभिभावक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम

तुलसीपुर,७ अषाढ । दिव्यकुञ्ज एकेडेमी तुलसीपुरमा वृहत अभिभावक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । प्रि–स्कुल देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागी छुट्टाछुट्टै चरणमा गत सातादेखि अभिभावक अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । विशेष गरी पछिल्लो परिवर्तित पाठ्यक्रमअनुसार विद्यार्थीको सिकाई उपलब्धीलाई व्यवहारिक बनाउन निरन्तर विद्यार्थी मुल्यांकन शिक्षण सिकाईका बारेमा जानकारी गराईएको थियो ।

सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीले वर्षभरी गराईने लिखित परिक्षाको नतिजाले विद्यार्थीको व्यवहारिक ज्ञानमा सहयोग नपुग्ने भएकाले विद्यार्थीको हरेक गतिविधिको मूल्यांकन गरी सुधारमा जोड दिन सकेमात्रै विद्यार्थीका लागी जिवन उपयोगी शिक्षा बन्न सक्ने बताउनुभयो । यस्तै पछिल्लो शिक्षा तथा खेलकुद मन्त्रालय पाठयक्रम विकास केन्द्रका अनुसार कक्षा ५ सम्म निरन्तर विद्यार्थी मूल्यांकनद्वारा शिक्षण गर्नुपर्ने भएसँगै यसलाई विद्यालयले व्यवहारिक रुपमा लागु गरिसकेको र थप प्रभाकारी बनाउन अभिभावकको महत्वपूर्ण भुमिका रहनेमा जोड दिनुभयो ।


यस्तै विद्यालयका सहायक प्रधानाध्यापक धिरज केसीले निरन्तर मुल्यांकनको उदेश्य, आवश्यक्ता, महत्व लगाएतका विषयमा अभिभावकहरुलाई प्रशिक्षण दिनुभएको थियो । सो अबसरमा अभिभावकहरुले पनि आफना बालबालिकाको शिक्षण सिकाईप्रति जिज्ञासा तथा विद्यालयप्रति विभिन्न सुझाव सहित निरन्तर विद्यार्थी मूल्यांकनले आफना बालबालिकाको सिकाईमा सकरात्मक प्रभाव परेको बताएका थिए । यस्तै कार्यक्रममा शिक्षक तथा अभिभावकहरुले विभिन्न प्रस्तुती समेत देखाएका थिए । विद्यालयकी कार्यक्रम संयोजक भावना भट्टराईको स्वागत मन्त्वयबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका सरला श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया