२०८३ कार्तिक ९ गते आइतवार

प्रेस चौतारी नेपाल शान्तिनगरको दोस्रो अधिबेशन

अध्यक्षमा हिमाल वि.क चयन

शान्तिनगर, ३० वैशाख । प्रेस चौतारी नेपाल शान्तिनगर गाउँपालिकाको दोस्रो अधिबेशन सोमबार शान्तिनगरमा सम्पन्न भएको छ । प्रेस चौतारी शान्तिनगर गाउँपालिका कमिटिका संयोजक हुम बहादुर वि.कको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको प्रमुख वक्ताका रुपमा नेकपा एमाले केन्द्रिय सदस्य तथा क्षेत्र नं ३ को इन्चार्ज कोमल वली रहनु भएको थियो । अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख वक्ता वलीले आफैँ पनि पत्रकारिताको मुलभाव बुझेको र पत्रकारिता क्षेत्रलाई अगाडी बढाउन सधै तत्पर रहेको बताउनु भयो । सत्य तथ्य बाहिर ल्याउनको लागि प्रेस चौतारी नेपालको महत्त्वपूर्ण भुमिका समेत रहेको उहाँको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले प्रेस चौतारी नेपालले स्थापना कालदेखि आजसम्म आवाज विहिनको आवाज बनेर काम गर्दै आएको निष्पक्ष संगठन रहेको बताउनु भएको छ । सो अबसरमा प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकाल , नेकपा एमाले दाङ जिल्लाका प्रचार विभाग प्रमुख संगित बस्याल , प्रेस चौतारी दाङका सल्लाहकार तथा निवर्तमान अध्यक्ष प्रेम राम्जा मगर, प्रदेश कमिटी सदस्य तथा शान्तिनगर इन्चार्ज चुर्न बहादुर वली ,नेकपा एमाले शान्तिनगरका अध्यक्ष टीकाराम रिजाल , नेकपा एमाले शान्तिनगरका सचिव राकेश बुढाथोकी (गोल्डेन) लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल दाङका जिल्ला कार्यसमिति सदस्य सुरक्षा चौधरीले गर्नु भएको थियो ।

यसैबिच अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा हुम बहादुर बि.क (हिमाल) चयन हुनुभएको छ । उपाध्यक्षमा कुमार यरि , सचीवमा चम्मन के. सी, सदस्यहरुमा मनबिर रिजाल , रेशम अधिकारी , बिनोद के. सी , अमृता सोति मगर, रमेश वलि, र इन्द्र बस्नेत रहनु भएको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।