तुलसीपुर, २३ वैशाख । दाङको तुलसीपुर उपमहानगपालिकाले जेष्ठ नागरिकप्रतिको सम्मान हाम्रो स्वाभिमान भन्ने नारालाई प्राथमिकतामा राखेको छ । सो नारा अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ । वितेको तिन वर्षमा १३ सय जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा र स्थानिय मह कोशेली प्रदान गरेको छ । विगतका वर्षहरुमा न्यानो कपडा वितरण गर्दै आएकोमा यस वर्ष मह प्रदान गरेको नगर प्रमुख टिकाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै १९ वटै वडामा २५ जनाका दरले ५ सय जेष्ठ नागरिकहरुलाई यस वर्ष मह वितरण गरिएको हो । स्वास्थ्यका लागि फाइदा जनक र स्थानिय महको प्रवद्र्धन पनि हुने उद्देश्यले मह वितरण गरिएको उहाँले बताउनु भयो ।
अर्गानिक मह, गाइको घिउ जस्ता पौष्टिक तत्वहरु खान छोडिरहेको अवस्थामा मह स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने सन्देश दिनका लागि यो मह वितरण अभियान थालिएको नगर प्रमुख खड्काले बताउनुभयो । उपमहानगरपालिकामार्फत आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा ८ सय जनालाई न्यानो कपडा वितरण गरिएको थियो । यस्तै उपमहानरपालिकाबाट वितेको तीन वर्षमा ७ सय ८९ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचय पत्र पनि वितरण गरिएको छ । ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सो परिचयपत्र वितरण गरिएको हो । जुन परिचय पत्रले सरकाले तोके अनुसारको राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधाहरु लिदै आउनु भएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।